
July 24, 2023
जलवायु मैत्री कृषि प्रबिधि सम्बन्धि दुई दिने तालिम सम्पन्न
प्रदिप मलासी असार ०४ बझाङ । जलवायु मैत्री कृषि प्रबिधि सम्बन्धि दुई दिने तालिम सोमबार सम्पन्न भएको छ । सारा विश्व नै जलवायु प्रभावका कारण आक्रान्त भई रहेका बेला बझाङ जिल्लाको बुंगल नगरपालिका वडा नम्बर ४,५ र ६ कृषक समुहलाई युनाटेड मिसन टु नेपाल अन्र्तगतको एम डि टिको आयोजना र दलित सहयोग समाज बझाङद्वारा सञ्ंचालित जलवायु अनुकुलन परियोजनाले गठन गरेका मसानी कृषक समुह डिलखोला ४ बुंगल नगरपालिका ,भवानी कृषक समूह बगाली ६ बुंगल नगरपालिकाका करिब २७ जना कृषक लाई २ दिने तालिम
असार ३ र ४ गते कन्या माध्यामिक बिध्यालय झापामा संचालन गरिएको उक्त कार्यक्रममा कृषकहरुलाई प्रशिक्षण दिदै प्रशिक्षक पुष्कर मल्लले जलवायु परिवर्तन गर्न किसानको ठूलो भुमिका रहने भएकाले कृषि प्रणालीलाई दिर्घ जीवन दिन जलवायु मैत्री कृषि प्रबिधिको प्रयोग गर्न आग्रह गरेका छन ।
४ पुरुष र २३ जना महिलाको सहभागिता रहेको कार्यक्रममा रैथाने बालीको उत्पादन र प्रबद्वनमा किसान अग्रसर हुनु पर्ने भन्दै रैथाने बाली संरक्षण र उत्पादन कसरी गर्ने र प्राङ्गारीक मलको सहि प्रयोग गर्नुका साथै प्लाष्टिक जन्य पदार्थको न्युनिकरण बिषयमा जानकारी गराउदै कार्यक्रमका फिल्ड कर्मचारी तथा सहजिकरण कर्ता लोकेन्द्र रोकायाले खवर रफ्तारलाई जानकारी दिएका छन ।
पछिल्लो समय जलवायु परिवर्तनकै कारण अन्न वालीको उत्पादनमा ह्रास आउनुका साथै वातावारणको प्रदुषणले मानव जीवन नै जोखिम पूर्ण अवस्थामा रहेका बेला युनाईटेड मिसन टु नेपालको एम डिटी र दलित सहयोग समाज बझाङको जलवायु अनुकुलन परियोजनाले जलवायु प्रभाव न्युनिकरणलाई बेश बनाउदै बुंगल नगरपालिकाका धेरै जसो वडाका किसानलाई विभिन्न तालिमका साथै खेतीयोग्य जमिनको बचावटका लागि तटबन्ध र कृषि सामाग्रीको बितरण लगाएतका कार्य गर्दै आएको छ ।