May 15, 2025 दर भाउ (कोटेशन) पेश गर्ने सम्बधमा । उपरोक्त विषय सम्बन्धमा सुर्मा गाउंपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राबिधिक सहयोग र दलित सहयोग समाज द्वारा संचालित कृषि र पशु विकासमा आधारीत सानाकिसान तथा युवा उधमशिलता विकास परियोजना अन्तर्गत आ.व २०७१/०८२ को स्विकृत कार्यक्रम अनुसार माऊ बाबा तथा बिउ बोका खरिद गर्नु पर्ने भएकाले तपशिल बमोजिमका कागजात सहित दरभाउ उल्लेख गरी सिलबन्दी खाम कुरीयर ब्यक्ति वा भेन्डर स्वयमले ७ दिन भित्रमा कार्यालय समयमा पेश गरी दिनहुन जानकारिको लागि अनुरोध गरिन्छ । तपशिल १. फर्म दर्ता प्रमाण प्रत्र २. PAN दर्ता प्रमाण प्रत्र ३. करचुक्ता प्रमाण पत्र २०८०/८१ ४. घरेलु तथा साना उधोगमा दर्ता भएको प्रमाण पत्र र नविकरण भएको ५. कालो सुचिमा नपरेको स्व-घोषणा पत्र ६. सामग्री उपलब्ध गराउने मिति अनिवाय उल्लेख गर्नु पर्ने । ७ माऊ बाबा बझांग जिल्ला भित्रको हुनु पर्ने छ नोटः कोटेशन दिएका भेन्डरले संस्थाले कोटेशन खोलिने दिनमा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ ।