
June 29, 2025
कृषि र पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास परियोजना” अन्तर्गत बाख्राको पहिलो पुस्ता हस्तान्तरण कार्यक्रम भव्य रूपमा सम्पन्न
जयपृथ्वी नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्रविधिक सहयोग तथा दलित सहयोग समाज बझाङको सहजीकरणमा सञ्चालित “ कृषि र पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास परियोजना” अन्तर्गत बाख्राको पहिलो पुस्ता हस्तान्तरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।जा ल पा माविको प्राङ्गणमा सम्पन्न उक्त कार्यक्रममा दलित सहयोग समाज बझाङका कार्यसमिति सह-सचिव श्याम कुमार नेपालीको अध्यक्षता रहेको थियो। कार्यक्रमको विशेष पक्षका रूपमा अघिल्लो चरणमा वितरण गरिएका माउ बाख्राबाट जन्मिएका पाठाहरूलाई सोही समूहका अन्य महिलाहरूलाई उपहारस्वरूप हस्तान्तरण गरिएको हो। कार्यक्रमको उद्घाटन जयपृथ्वी नगरपालिकाका उपप्रमुख रतन बहादुर सिंहले कलशमा पानी अर्पण गरी गर्नुभएको थियो भने प्रमुख प्रशासकीय अधिकृत सिद्धराज पण्डितको विशिष्ट उपस्थिति रहेको थियो भने वाख्राका पाठा उपहार २८ वटा भएका थिए भने कुल उपहार भएको वाख्राको लागत २८०,००० देखि ३००,००० सम्म रहेको छ ।